सरकारको जासुसी संयन्त्र किन कमजोर ?
फागुन १४, काठमाडौं–सरकारलाई आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना उपलब्ध गराउने जासुसी संयन्त्र कमजोर देखिएको छ । आन्तरि सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट परिचालित हुने जासुसी संयन्त्र कमजोर देखिएका हुन् ।
आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना गृहमन्त्रालय र मातहतका सुरक्षा निकायलाई प्रवाह गर्नुपर्ने अनुसन्धान विभागले प्रधानमन्त्री कार्यालयमा एक सहसचिवलाई रिपोर्टिङ गरेर आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् । नागरिक दैनिकमा खबर छ।