रवि लामिछानेले भने, ‘म अनागरिक हुँ !’
काठमाडौं – गृहमन्त्री रवि लामिछानेले आफू अनागरिक भएको जनाएका छन् । सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै आफू अगानागरिक भएको स्वीकारेका हुन् ।
‘म अनागरिक हुँ, मलाई कुनै प्रश्नको जवाफ छैन ।’ संचारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले भने । सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछानेले गृह मन्त्रालयमै थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’
अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’