प्रधानमन्त्री र ओली बिच छलफल, अब गृहमन्त्री को बन्ने?

आइतबार, १५ माघ २०७९

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउने कि नबनाउने विषयमा छलफल गर्न भेट भएको एक स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबिच भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी हुने बताइएको छ।

नागरकिता विवादमा सर्वोच्च अदालतले शुक्रबार लामिछानेको मन्त्री र सांसद पद बदर गरिदिएको थियो।

लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन्।

लामिछानेलाई पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड इच्छुक छैनन्। माओवादी नेताहरूले गृह मन्त्रालय आफैंसँग राख्नुपर्ने तर्क गरेका छन्।