बागलुङ दुई साता देखि प्रमुख जिल्ला अधिकारी बिहिन, सेवाग्राही मर्कामा
काठमाडौँ – बागलुङ दुई साता देखि प्रमुख जिल्ला अधिकारी बिहिन बनेको छ। सरकारले सहसचिव र उपसचिवसहित एकैपटक ७० जना कर्मचारीको सरूवा गरेको दुई साता बितिसक्दासमेत बागलुङमा प्रमुख जिल्ला अधिकारी नपठाउँदा बागलुङ प्रमुख जिल्ला अधिकारी बिहिन बनेको हो।
सरकारले सहसचिव र उपसचिवसहित एकैपटक ७० जना कर्मचारीको सरूवा गरेको दुई साता बितिसक्दासमेत बागलुङमा प्रमुख जिल्ला अधिकारी नपुग्दा सेवाग्राही मर्कामा परेका हुन् ।
गृहमन्त्रालयले उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना कर्मचारीको काज सरूवा गरेको थियो । बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई धादिङ सरूवा गरिए पनि बागलुङमा अहिलेसम्म प्रमुख जिल्ला अधिकारी सरूवा गरेर पठाइएको छैन ।
बागलुङबाट सरूवा भएका ढकाल जिल्ला बाट बिदा भएर धादिङ गएपछि प्रमुख जिल्ला अधिकारीले गर्ने प्रशासनिक काम ठप्प छ ।
भूतपूर्व भारतीय सेनामा कार्यरत ब्यक्तिहरूको पेन्सनका कागजातसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी नहुँदा रोकिन पुगेको छ ।सेवा ग्राहीलाई तत्काल छिटोछरितो सेवा दिने भनेर प्रचारप्रसार गरेको गृह प्रशासनले आजसम्म किन प्रमुख जिल्ला अधिकारी खटाउन सकेन भनेर जनताले प्रश्न गर्न थालेका छन् ।