ऊर्जामन्त्री लिम्बू र मेयर साम्पाङबिच पर्यो चर्काचर्की
काठमाडौं— धरानका मेयर हर्क साम्पाङ र प्रदेश १ का खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूसँग चर्काचर्की परेको छ । ‘पालिका सवाल’ विषयक एक बहस कार्यक्रममा आफ्नो अनुमतिविना कसैलाई योजना चलाउन नदिने भनेपछि उनिहरु बिच चर्काचर्की परेको हो ।
मेयर साम्पाङ उनको काम गर्ने शैली र आफ्नै अभिव्यक्तिका कारण बेलाबेला विवादमा परिरहन्छन् । भर्खरैमात्र एक सार्वजनिक कार्यक्रममा मन्त्रीसँगको उनको सवालजवाफको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको छ ।
‘यो धरान उपमहानगरपालिकाको मेयर म हुँ । मलाई थाहा हुनुपर्छ मेरो नगरमा के हुँदैछ भन्ने । मलाई थाहा नहुने हो भने जुनसुकै योजना होस् म त्यसलाई रोक्छु(रोक्छु’, मेयर साम्पाङले भनेका थिए ।
मेयरको उक्त अभिव्यक्तिपछि मन्त्री मेन्याङ्बोले सबैले आ(आफ्नो अधिकार क्षेत्रभित्र बसेर काम गर्नुपर्ने बताए । उनले बोलेरमात्र केही नहुने भन्दै कानूनले जे भन्छ त्यो गर्ने भन्दा साङपाङ पुनस् जंगिएका थिए ।