६ महिनामा झण्डै ४६ हजार विद्यार्थीहरुले लिए एनओसी

आइतबार, २२ माघ २०७९

काठमाडौं – ६ महिनाभित्र झण्डै ४६ हजार विद्यार्थीले विदेशमा अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिएका छन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ६ महिना भित्र झण्डै ४६ हजारले अनुमति लिएको जनाएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार ६ महिनामा ४५ हजार ९ सय १२ जना विद्यार्थीहरुलाई एनओसी वितरण गरेको छ । आर्थिक वर्ष २०७९÷०८० अन्तरगत श्रावण महिनादेखि पुस मसान्तसम्म ६ महिनामा ४५ हजार ९ सय १२जनालाई वितरण गरिसकेको शाखाले जनाएको छ ।

श्रावण महिनादेखि पुस मसान्तसम्म एनओसी वितरण मात्र होइन सो शाखामा विगतदेखि देखिएका समस्यालाई समाधान गरी विभिन्न सुधाररात्मक काम पनि भएको शाखा प्रमुख बासुदेव वस्तीले बताए ।

विभागको अनुसार सो शाखामा भएका सुधाररात्मक कार्य तथा प्रगति विवरण यस्तो छः

  • कूल NOC जारी सङ्ख्याः ४५९१२
  • सेवा प्रवाह सुधारको निमित्त अवलम्बन गरिएका क्रियाकलाप
  • अनलाइन आवेदन गरे पश्चात् आवेदन रूजू (application verification) गराउनको लागि वैदेशिक अध्ययन अनुमति शाखा धाउन पर्ने वा भनसुनको लागि विभिन्न व्यक्ति तथा निकायको सहयोग लिनुपर्ने प्रचलनलाई पूर्ण रुपमा अन्त्य गरिएको । यसको निमित्त कार्यालय अवधि भन्दा अतिरिक्त समय र सार्वजनिक विदाको समयमा पनि आवेदन रूजू गर्ने कार्यलाई सँस्कृतिको रुपमा विकास गरिएको ।
  • Whats app, viber, email आदिको माध्यमद्वारा सेवाग्राहीको गुनासो प्राप्त गरी गुनासो सुनुवाई तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाइएको ।
  • Visiting date and time को आधारमा सेवा प्रवाह गरी लामो समयसम्म लाइनमा बसेर सास्तीपूर्ण तरिकाले सेवा लिनुपर्ने सेवाग्राहीको विवशतालाई उल्लेखनीय रुपमा हटाउँदै लगिएको ।
  • आवश्यकताअनुसार विहान १०:०० बजे भन्दा अगावै कार्यालय खोलेर तथा बेलुका अवेर समयसम्म बसेर तोकिएको Visiting date मा सेवा लिन आएका सबै सेवाग्राहीहरूलाई सेवा प्रदान गरिएको ।
  • अनलाइन आवेदन दिने आवेदकहरूको सङख्याअनुसार Appointment limit र Appointment shift set up गर्ने कार्य सम्पन्न गरी सकेसम्म धेरै भन्दा धेरै सेवाग्राहीहरूलाई यथाशिघ्र छिटो समयमा सेवा दिने रणनीति अवलम्बन गरिएको । परिणामतः अनलाइन आवेदन गर्ने सङ्ख्याको आधारमा एक दिनमा कम्तिमा ५०० देखि १००० जना सेवाग्राहीहरूलाई सेवा लिनको लागि Appointment date and time दिने गरिएको ।
  • सहज र मितव्ययी रुपमा सेवा पाउन् भन्ने हेतुले सेवाग्राहीले सेवा लिन आउँदा Application form बाहेक कुनै पनि कागजातको Photocopy or print ल्याउन नपर्ने कार्यलाई सफलतापूर्वक कार्यान्वयनमा ल्याइएको ।
  • किर्ते कागजातको आधारमा कुत्सित मनसाय राखी जो कसैले वैदेशिक अध्ययन स्वीकृति नपाउन् भन्ने उद्देश्यले आवेदकको सक्कल नागरिकता प्रमाण पत्र र शैक्षिक प्रमाणपत्र रूजू गरी NOC प्रदान गर्ने कार्यलाई कडाइकासाथ लागू गरिएको ।
  • आवेदक स्वयं वा निजको एकाघर परिवारको सदस्यलाई बाहेक अन्यलाई NOC नदिने कार्यलाई कार्यान्वयन गरिएको ।
  • दोस्रो पटक NOC लिंदा आवेदकले संलग्न गर्नुपर्ने कागजात चुस्त दुरुस्त रहे नरहेको बारेमा अध्ययन गरी रूजू गर्ने गरिएको । वैदेशिक मुद्रा सटही गरी तोकिएको अध्ययन पूरा नगरेको खण्डमा आवेदकले अनिवार्य रुपमा Refundable हुनुपर्ने वैदेशिक मुद्रा फिर्ता भएको Refunded bank statement पेस गर्नुपर्ने नीतिगत व्यवस्थालाई कडाइकासाथ लागू गरिएको ।
  • सफ्टवेयरमा सुधार गरी नागरिकता प्रमाणपत्र नंको आधारमा विगतदेखिको आवेदकको सम्पूर्ण प्रोफायल Display हुन सक्ने व्यवस्था मिलाइएको । यसले गर्दा फरक मोबाइल नं र नयाँ ईमेल ठेगाना राखी पुनः NOC को लागि आवेदन दिएर नयाँ NOC लिने र पहिलाको सम्पूर्ण विवरण लुकाएर सटही गरेको वैदेशिक मुद्रा फिर्ता नहुँदै आफ्नो आवश्यकताअनुसार पटक पटक NOC लिने, एउटा तहको शैक्षिक तह पूरा नहुँदै अर्को तहको लागि NOC लिने, एकै व्यक्तिले विभिन्न तह र एउटै देशका विभिन्न शैक्षिक संस्था वा विभिन्न देशका फरक फरक शैक्षिक संस्थाको लागि एकैचोटि NOC लिई वैदेशिक मुद्रा सटही सुविधा लिंदा वैदेशिक मुद्रा अपचलन हुन सक्ने यथार्थतालाई मध्यनजर गरेर यस कार्यलाई पूर्ण रुपमा अङ्कुश लगाइएको ।
  • अनलाइन आवेदन दिंदा फरक व्यक्तिको नागरिकता अपलोड गर्ने, अर्कै व्यक्तिको शैक्षिक प्रमाण पत्र अपलोड गर्ने, गैर नेपाली नागरिकको लागि आवेदन भरिदिने जस्ता कानूनद्वारा वर्जित क्रियाकलाप गर्ने दर्जनौं Educational consultancies लाई कारवाही गरिएको ।
  • अशक्त, अपाङ्ग, जेष्ठ नागरिक, गर्भवती महिला तथा साना बालबालिका लिएर आउने सेवाग्राहीहरूलाई लाइनमा नबसाली विशेष सहुलियतकासाथ सेवा दिने गरिएको ।
  • बाहिर देशका विभिन्न Hotels तथा अन्य संस्थाहरूमा Internship कार्यक्रमको लागि पठाउने कलेजहरूले प्रचलित कानून बमोजिम कर चुक्ता गरेको प्रमाणपत्र पेस नगरेसम्म NOC प्रदान नगरिने कार्यलाई कडाइकासाथ लागू गरिएको ।
  • वैदेशिक अध्ययनको लागि रकम पठाई सकेपछि शर्त बमोजिम फिर्ता हुनुपर्ने पैसा सम्बन्धित कलेजबाट फिर्ता नहुँदा मारमा परेका विद्यार्थीहरूको लगत सङ्कलन गरी पीडितहरूलाई न्याय दिनको हेतु मन्त्रालयमार्फत् कुटनीतिक रुपमा सहजीकरण गराउन आवश्यक सञ्चार तथा समन्वय गरिएको ।
  • एक पटक NOC दिंदा अपलोड गरिएको Offer letter को आधारमा आवेदन रूजू सम्पन्न भई राजश्व भुक्तानी भए पछि NOC नलिई Offer letter expire भएपछि सोही प्रोफायलमा Differed offer letter अपलोड गरी पहिलेको भुक्तानीबाट NOC लिने, अर्को देशको नयाँ कार्यक्रमको निम्ति पहिलेकै प्रोफायलमा नयाँ Offer letter राखी NOC लिने कार्यलाई निषेध गरिएको । अपलोड गरिएको Offer letter expire हुनुभन्दा अगावै NOC नलिएपछि फरक कार्यक्रम फरक यूनिभर्सिटि फरक देश वा पहिलेको कलेजको अर्को कार्यक्रमको निमित्त NOC लिंदा पुनः अनलाइन आवेदन दिएर तोकेबमोजिमको राजश्व तिर्नुपर्ने कार्यलाई कडाइकासाथ लागू गरिएको । परिणामतः राजश्व छल्ने कार्यमा दुरुत्साहन हुन गई उल्लेखनिय रुपमा राजश्व सङ्कलन गर्न टेवा पुगेको ।
  • वैदेशिक अध्ययन अनुमति सम्बन्धी सेवा प्रवाहलाई मर्यादित, व्यवस्थित र प्रविधिमैत्री बनाउनको निमित्त वैदेशिक अध्ययन स्वीकृति व्यवस्थापन निर्देशिका, २०७९ तयार गरी स्वीकृतिका लागि पेस गरिएको ।
  • Digital governance को मूल मर्म अनुरुप वैदेशिक अध्ययन अनुमति शाखाबाट प्रदान गरिने सेवा प्रवाहलाई पूर्ण रुपमा Cashless, paperless and faceless बनाउनको लागि उच्च शिक्षा महाशाखा प्रमुखको संयोजकत्वमा गठित समितिले यसको लागि आवश्यक अध्ययन तथा तयारीसम्बन्धी कार्य गरिरहेको ।हाल सम्बन्धित संस्थाहरूको Software लाई NOC software सँग Incorporate गर्नको लागि समन्वय, सञ्चार गरी प्राविधिक रुपमा कार्य अगाडी बढाइएको ।
  • सेवाग्राहीले अनलाइन आवेदन गरेको दुई दिनभित्र NOC प्राप्त गरिरहेका (Excel Sheet मा प्रतिवेदन संलग्न गरिएको छ )

अन्त्यमा, वैदेशिक अध्ययन अनुमति शाखाबाट प्रदान हुने सेवा प्रवाहलाई सुधार गर्नको लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू प्रति वैदेशिक अध्ययन अनुमति शाखा हार्दिक आभार प्रकट गर्दछ । साथै यस शाखाबाट प्रदान भइरहेको सेवाप्रवाहलाई यहाँहरूकै सहयोग तथा सहकार्यबाट निकट दिनमा