राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यले भने, रविले बोलेका कुराको जिम्मा लिन्न

बुधबार, २५ माघ २०७९

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेले सभापति रवि लामिछानेले बोलेका विषयप्रति आफ्नो असहमति जनाएका छन्।

आइतबार लामिछानेले पत्रकार सम्मेलनमार्फत मिडिया र पत्रकारमाथि लगाएका आरोपको जिम्मा नलिने जनाएका हुन्।

स्वतन्त्र पार्टीभित्र रविको अभिव्यक्तिप्रति असन्तुष्टि भए पनि नेताहरुले त्यसलाई बाहिर व्यक्त गर्न नसकिरहेको अवस्थामा केन्द्रीय सदस्य पाँडेले भने ट्वीट गर्दै व्यक्ति भनाइप्रति आफू सहमत नभएको जनाएका हुन्।