बैकको चर्को ब्याजदर बिरुद्ध नेकपाको प्रदर्शन
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ अन्तर्गतका ४ र ५ नम्बर जिल्लाले बैक तथा लघुबित्तिय सस्था तथा मिटर ब्याजीहरुको विरुद्धमा संयुक्त प्रदर्शन गरेको छ । काठमाडौँ अन्तर्गतका ४ र ५ नम्बर जिल्लाले जोरपाटी चोकमा सयुक्त बिरोध प्रदर्शन गरेको हो ।
बिरोध कार्यक्रमलाई नेकपा काठमाडौ जिल्ला जनपरिषद प्रमुख श्री सी र ५ नम्बर जिल्ला इन्चार्ज क इच्छुक सीले सभालाई सम्बोधन गरेका थिए ।
बैंक तथा वित्तीय संस्थाहरुको महङ्गो ब्याजदर र मिटर ब्याजको कारण उद्योगी, व्यावसायी, किसान र मजदुर लगायत आम सर्वसाधारणहरुलाई आक्रान्त पारेको र आत्महत्याको स्थिति समेत उत्पन्न भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले यसको बिरुद्धमा देशभर प्रदर्शनको कार्यक्रम गर्ने निर्णय गरेको थियो। सोहि अनुसार नेकपाले शुक्रबार देशभरको विरोध प्रदर्शन कार्यक्रम गरेको हो ।
