उपेन्द्र यादव भन्छन्, जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक छ
काठमाडौं – आफूहरुलाई उपराष्ट्रपति दिन प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
बिहीबार माओवादी केन्द्रका नेताहरुसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै यादवले जसपालाई उपराष्ट्रपति दिन प्रचण्ड सकारात्मक रहेको बताएका हुन् ।’
जसपा र एकीकृत समाजवादीसँगको बैठक चलिरहेका बेला माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद बैठकमा सहभागी हुन गएका छन् । मन्त्रिपरिषद बैठकपछि पुन ३ दलको बैठक बस्ने अध्यक्ष यादवले जानकारी दिए ।
छलफलमा एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेको यादवले बताएका छन् ।
अहिलेको सत्ता गठबन्धन टुट्न लागेको हो भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष यादवले अहिले नै टुंगो नभएको बताए । ‘जबसम्म अहिलेको सरकार साझेदार दलहरुले लाइन क्लियर हुँदैन तबसम्म नयाँ पुरानो के अर्थ हुन्छ र ? उनले भने, ‘को कता भन्ने लाइन क्लियर भएको छैन ।’