जसपा सांसद लिम्बूको अधिकांश समय रोएरै वित्यो
विराटनगर – प्रदेश १ प्रदेशसभालाई सम्बोधन गर्दै जसपाकी सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बू रोएकी छिन् । प्रदेश १ को नामकरणको विषय भइरहेको बहसका क्रममा उनले आफू बोलेको अधिकांश समय रोहेरै विताएकी हुन् ।
सांसद लिम्बू पहिचान सहितको नामाकरणको विषयलाई षड्यन्त्रपूर्वक हटाउने प्रयास गरेको भन्दै रोहेको रोएको बताइएको छ। ‘पहिचान सहितको नाम राख्ने छलफलमा दलीय हैसियतमा पनि मलाई बोलाइएन । एक्कासि आज बोल्न त दिइयो तर, अपमानपूर्ण ढंगले,’ उनले भनिन्, ‘ऐतिहासिक जनयुद्ध, ०६२–०६३ को जनआन्दोलन, पहिचानका विभिन्न आन्दोलनमा सहभागी भएर ज्यान अर्पण गरेका सहिदहरुलाई नमन गर्न चाहन्छु ।’
अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै भन्ने अठोट व्यक्त गर्दै उनले खोला, नाला र पहाडलाई पहिचान नचाहिएको बताइन् । ‘यो त मानव समुदायलाई चाहिएको थियो । तिनै मानव समुदायलाई किरात र लिम्बूवान प्रदेश चाहिएको थियो,’ उनले भनिन् ।