बामदेवलाई फकाउन ओली भैंसेपाटीमा, भावुक हुदै भने फर्कनुस्
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमलाई फकाउन गौतम निवास भैंसेपाटी पुगेका छन् ।
गौतमको निवास भैंसेपाटी पुगेर भाबुक हुदै ओलीले बामदेवलाई फकाउदै एमालेमै फर्कन आग्रह गरेका हुन् ।
भेटका क्रममा ओलीले गौतमलाई फकाउदै यो पार्टी निर्माणमा तपाईंहरुको ठूलो योगदान छ, एमालेमा फर्कनुस यतै सक्रिय हुनुस् भन्ने आग्रहओलीको थियो ।
तर गौतमले भने एमालेमा आउन अवरोध रहेको जवाफ दिएका थिए ।
ओलीलाई गौतमको जवाफ थियो, ‘त्यहाँ अवरोध छ, पहिले हटाउनुहोस् । अनि कुरा गरौंला ।’ सक्रिय राजनीति गर्न एमालेमा ७० वर्षे उमेर हदको व्यवस्था छ ।
त्यो उमेर पार गरिसकेका गौतमले ओलीसँग विकल्प पनि सुझाएका थिए । ‘उमेर हदको व्यवस्था कायमै राख्ने हो भने अध्यक्ष र महासचिवमा चाहिं नराखौं, किनकि कम्युनिष्ट पार्टीमा निष्क्रिय मान्छे सदस्य नै हुन सक्दैन’, गौतमले भनेका थिए ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि गौतम कतै पनि लागेका थिएनन् । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीतिर नलागेका गौतमले आफ्नै नेतृत्वमा राष्ट्रिय एकता अभियान चलाइरहेका छन् ।