सभामुख घिमिरे र राष्ट्रपति पौडेल बिच भेटवार्ता
काठमाडौं— सभामुख देवराज घिमिरे र नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल बिच भेटवार्ता भएको छ । पौडेलको निजी निवास बोहोराटारमा उनिहरु बिच भेटवार्ता भएको हो ।
भेटमा सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४६ औं सम्मेलनमा भाग लिन आफू बहराइन जान लागेको जानकारी पनि पौडेललाई गराएका थिए । सोही कारण आफू नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्ने जानकारी पनि सभामुखले गराएका थिए ।