एमाले नेता रिजालको सुझाव, प्रधानमन्त्री पदबाट राजीनामा दिनुस्

शुक्रबार, ३ चैत्र २०७९

काठमाडौं— नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । उनले दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएको र अहिले प्रचण्डले कांग्रेसलाई आफ्नो सहयात्री छनोट गरेकोले दाहाल प्रधानमन्त्री नियुक्त भएको आधार समाप्त भएको सुनाए ।

उनले प्रचण्डलाई एमालेको समर्थनबाट प्राप्त पदबाट राजीनामा दिएर कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनु राजनीतिक र नैतिक इमानदारी हुने उल्लेख गरेका छन् ।