प्रधानमन्त्री प्रचण्डले ३ महिनामा दोस्रो पटक जिते विश्वासको मत
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट ३ महिनामा दोस्रो पटक विश्वासको मत जितेका छन्।
सोमबार उनले विश्वासको मत माग्दै राखेको प्रस्तावमा प्रतिनिधि सभा सदस्यहरूले मतदान गरेका थिए। उनले राखेको प्रस्तावको पक्षमा १७२ मत खसेको छ भने उनलाई विश्वासको मत दिनु हुन्न भन्ने पक्षमा ८९ मत परेको छ। आजको मतदानमा २६२ सांसद सहभागी थिए। तीमध्ये १ जना तटस्थ भएका थिए। यसअघि गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए। त्यतिबेला उनले २६८ जना सांसदको विश्वासको मत पाएका थिए।