स्वर्णिम वाग्ले र रमेश खरेलले आजबाट झुन्ड्याए आधिकारिक घण्टी
काठमाडौँ – स्वर्णिम वाग्ले र रमेश खरेलले आजबाट आधिकारिक रुपमा घण्टी झुन्ड्याएका छन् । नेपाली कांग्रेस परित्याग गरेका डा:स्वर्णीम वाग्ले र राष्ट्रिय सुशासन पार्टीका अध्यक्ष रमेश खरेल आधिकारिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि आधिकारीक घण्टी झुन्दिएको हो ।
पार्टीको चिन्ह घण्टी भएको ब्याज लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले स्वागत गरेसंगै आजबाट आधिकारिक रुपमा रबि लामिछाने नेतृत्वको रास्वपा प्रवेश गरेका हुन् ।
शनिवार पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता मुकुल ढकालले ब्याज लगाइदिएर पार्टीमा स्वागत गरेका थिए ।
वाग्लेलाई तनहुँ १ र खरेललाई बारा २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।