चितवन– २ मा आफ्नो कोही प्रतिस्पर्धी नभएको श्रेष्ठको दाबी
काठमाडौं— चितवन– २ मा सत्ता गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्नो प्रतिस्पर्धी कोही पनि नभएको दाबी गरेका छन् । उम्मेदवारी दर्ताअघि भरतपुरको चौबीसकोठी चोकमा कोणसभालाई सम्बोधन गर्दै श्रेष्ठले सो कुरा बताएका हुन् ।
उनले आफु नेता बन्न नआएको बरु सेवक भएर काम गर्न आएकाले आफ्नो जित निश्चित भएको बताएका छन् । परिस्थितिले मलाई उम्मेदवार बानायो । यो निर्वाचन कांग्रेस र गठबन्ध जोगाउनका लागि हुँदैछ । पार्टीको इमान्दार कार्यकर्ता भएकाले यो निर्वाचन मेरो पक्षमा छ’, उनले भने, ‘२ नम्बर क्षेत्रमा मेरो कुनै प्रतिस्पर्धी देखेको छैन ।’
उनले क्षेत्र नम्बर २ का जनता मात्र नभएर चितवनका नागरिकले आफुलाई राम्रोसँग चिनेको भन्दै नेता बन्न नभई जनताको जनताको सेवक भएर काम गर्न आएको बताए । साथै उनले केही मान्छेले चितवनलाई प्रयोगशाला बनाउन खोजेको आरोप पनि लगाए । ‘केही मान्छेले चितवनलाई प्रयोगशाला बनाउन खोजे । त्यो कदापि स्वीकार्य छैन ।’