संसद भवन अगाडि फेरि अर्का व्यक्तिले पेट्रोल छर्केर गरे आत्मदाह प्रयास
काठमाडौँ- नयाँ बानेश्वरस्थित संसद भवन नजिकै प्रेम प्रसाद आचार्यले पेट्रोल छर्केर आत्मादाह गरेको केही महिना नबित्दै अर्का एक जनाले पेट्रोल छर्केरआत्मदाहको प्रयास गरेका छन् ।
ती व्यक्तिले संसद भवनको एक नम्बर गेट अगाडि आत्मदाहको प्रयास गरेका हुन् ।
संसद भवनको एक नम्बर गेट अगाडि आत्मदाहको प्रयास गर्दा गर्दै प्रहरीले नियन्त्रणमा लिएको हो । पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको काठमाडौँ प्रहरी परिसर, काठमाडौँका प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन् ।