राज्यले सहकारीलाई सहुलियत ऋण दिनुपर्छ: कार्यकारी निर्देशक खरेल

शनिबार, २५ चैत्र २०७९

काठमाडौं – नेपाल राष्ट्रबैंककाकार्यकारी निर्देशक रामशरण खरेलले आर्थिक सामाजिक रुपान्तरणको महत्वपूर्ण आधार सहकारी भएको बताए ।

राष्ट्रिय सहकारी महासंघ र भूमिव्यवस्था, सहकारी तथागरिबीनिवारण मन्त्रालयको संयुक्तआयोजनामाभएको कार्यक्रममाबोल्दै खरेलले १ अर्ब भन्दा बढी कारोबार गर्ने सहकारी दुई सय भइसकेको उनले बताए । विकास बैंक, लघुवित्त भन्दा सहकारी ठूलो भइसकेको उनको भनाई छ ।
‘सहकारीको सुधारमाहाम्रो चासो छ । बैंकको ब्याज धेरै भएमा सहकारीमागएर बस्ने गर्छ । त्यो तरिकाले स्वीमभइरहेको छ । सहकारीलाई ध्यानदिइरहेका हुन्छौं’ उनले भने ।

तरलता (तत्कालनगदमा परिणत गर्ने) नभई लगानीयोग्य साधानका रुपमाबुझ्ने गरिन्छ’,उनले भने ‘भनेको समयमानिक्षेप नआउने र कर्जा असुलीनहुने समस्याआउने गरेको छ ।’

अर्को संस्थामा समस्याआउँदापनिफिर्ता गर्ने क्रम बढ्ने गरेको छ’उनले भने,‘समग्र वित्तीय प्रणालीमा तरलताकमहुँदा सहकारीमापनिप्रभाव परेको हो ।’
बैंकमाब्याजदर बढी भएपछि सहकारीबाट झिकेर बैंकमा राखेको हुन सक्ने उनले बताए । तत्काल रिटन नदिने घरजग्गार सेयरको मूल्य घट्दा पनि सहकारीमा समस्याआएको उनले जनाए ।

राज्यले सहकारीलाई सहुलियतकर्जा दिनुपर्छ’ उनले भने,’सहकारी स्वनियमननहुँदामात्रै समस्याआउने होइन, राज्यले पनि सहयोग गर्नुपर्छ ।’ तरलतामा सहयोग गर्ने निकायनहुँदाजतिबेलापनि तरलताअभावहुन सक्ने उनको भनाई छ ।

बैंक तथावित्तीय संस्थाकालागि एकद्धार प्रणाली लागू भएकाले समस्यानआउने गरेको भन्दै कार्यकारी निर्देशक खरेलले सहकारीलाई पनि यस्तै व्यवस्थाआवश्यकभएकोे बताए । खराबकर्जा ५ प्रतिशतभन्दाकमहुननहुने व्यवस्थाभएपनिकार्यान्वयनहुननसकेको उनले बताए । सहकारीमा डाटा नहुँदावास्तविकततथ्याङ्कआउननसकेको उनको भनाइ छ ।

स्थिरीकरण कोषमा ११ करोडजम्माभएपनित्यो प्रयाप्तनभएकाले कार्यान्वयनमासमस्याभएको बताए । बैंक तथावितीय संस्थाले जस्तै सहकारीले अन्तर सहकारी कारोवार गर्न नपाउनु समस्याभएकोउनले बताए ।

‘सहकारीले मापदण्ड पूरा गर्नुपर्ने, तरलता सहयोग गर्ने ठाउँ चाहिने र वैधानिकरुपमाअर्को सहकारीबाट सापटी लिनपाउने व्यवस्था हुनुपर्छ’ उनले भने ।

३ वर्षदेखि संख्यातथाकारोबारको तथ्यांकलिननसक्नु दुःखदभएको उनको भनाई छ । ‘सहकारीलाई जतिसुकै खम्बेका कुरा गरे पनिविवरण यकिनगर्न सक्नुपर्छ’ उनले भने ।
सहकारीमा स्वनियमनमानपुग्ने भन्दै सहकारी बैंकको क्षमता बढाउनुपर्ने बताए । राष्ट्रिय सहकारी विकास बोर्डलाई सुपरिवेक्षणको जिम्मेवारी दिने अथवा छुट्टै सेकेन्ड टायर इन्स्टिचीयुसन गठन गर्न आवश्यकभइसकेको उनले बताए । ‘राम्रा संस्थामात्रै स्थिरीकरणमा जाने नभई धेरै संस्थाले सेवापाउने गरी पुर्नसंरचनागर्नुपर्छ’ उनले भने ।

सहकारीले बचत र असुलीको भरपर्दो माध्यमबनाउननसके वित्तीयजोखिम बढ्ने उनको भनाइ छ । ‘सहकारीमासिआरआर (कर्जा निक्षेप अनुपात) अनिवार्य व्यवस्थागर्नुपर्छ’उनले भने । सहकारीलाई ऋणपत्रमा पनिलगानीगर्ने व्यवस्थागर्न आवश्यकभइसकेको उनले बताए ।
स्वनियमन, नियमनकारी निकायकार्यान्वयननहुँदा सहकारीमा समस्याआएको उनको भनाइ छ ।

नेकपाएमाले सहकारी विभागकाकमलचौलागाईले नेफ्स्कून र बैंकमालगानीयोग्य पैसा नभएको र राज्यले सहुलियत ऋण नदिदाँसहकारीलाई तरलताव्यवस्थापनमा समस्याभएको बताए । राष्ट्रिय सहकारी बैंककाप्रमुखकार्यकारी निर्देशकबद्रीकुमार गुरागाईले सहकारीमा तरलता संकट र खराबकर्जा बढ्न नदिन शिक्षामा काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सीप, ज्ञान, शिक्षामानभई आफ्नै ढंगले कामगर्दा तरलताअभावआएको उनको भनाइ छ । ‘अविश्वासकाकारण निक्षेप झिकिएको छ,’ उनले भने,‘कोभिडका समयमा सहकारीमा राम्रै पैसा आयो तर त्यसको होल्डिङ पिरेड हिसाबनगरी लगानी गरेकाले तरलतामा समस्याआयो ।’
सहकारी अभिभावकविहिनहुँदापनि समस्यामा फसेकोउनले बताए ।

‘बैंक तथावित्तीय संस्थामा समस्याआउँदाराष्ट्र बैंकले बैंक तथावितीय संस्थालाई नीतिगत रुपमागतभदौमा नै व्यवस्था गरे भएपनि सहकारीमाभने त्यो विषयमा कसैले नबोलको उनले बताए । सहकारीकर्मीमाक्षमताअभावकाकारण धमाधमलगानीगरियो’, उनले भने,’ कानुनपालनानहुँदापपनि समस्याभयो।’
‘कानुनहुनु, कार्यान्वयननहुनु सहकारीमा संरचनागत समस्या छ ।’ उनलले भने ।