सहकारीले जोगाउँछ अर्थतन्त्र: पूर्व प्रधानमन्त्री ओली

शनिबार, २५ चैत्र २०७९

काठमाडौं – पूर्व प्रधानमन्त्रीतथा नेकपाएमालेकाअध्यक्ष केबीशर्मा ओलीले अर्थतन्त्रअप्ठेरो परेको बेलाजोगाउने सहकारी भएको बताएका छन् ।
राष्ट्रिय सहकारी महासंघ र भूमिव्यवस्था, सहकारी तथागरिबीनिवारणमन्त्रालयको आयोजनामाभएको तेस्रो सहकारी सम्मेलनको समापनमाबोल्दै अध्यक्षओलीले सहकारी सञ्चालनगर्न नजान्दापनि समस्याआएको बताए ।

अहिले सहकारी जतिबदनामाीभएको छ, अबबदनामीहुननपायोस्’, उनले भने,‘कृषि क्षेत्रमाबढी जनसंख्याआश्रित भएपनिजमिनको अभाव भएकाले परम्परागत खेतीगर्दा कृषि उत्पादनमा मूलुक आत्मनिर्भर हुन नसेको हो ।’
ठूला बैंक, व्यापारी, उद्योगी समस्या भएकाले साना पुँजी भएका सहकारी समस्यामा हुनु स्वभाविभक भएको उनले बताए । सहकारीले एकीकृत जग्गा मार्फत कृषि उत्पादनमा लाग्नुपर्ने ओलीले जोड दिए ।

सहकारीले अनुदान आशा गर्न नहुने भन्दै उनले भने, ‘उत्पादनमा लाग्नको लागि लामो समयको लागि सहुलियत ऋणव्यवस्था गर्नुपर्छ ।’
थोरै पुँजीलाई सही सदुपयोग गर्दा राम्रो उपलब्धी हाँसिल गर्न सकिने उनको भनाई छ । कुल जनसंख्याको ६० प्रतिशत जनसंख्यालाई कृषिको क्रान्तिमा जोड्न सके मूलुका खाद्यान्नमा आत्मनिर्भर हुन सक्ने पूर्व प्रधानमन्त्री ओलीले बताए ।
‘मानिसको खानापाउनु पहिलो अधिकार हो’, उनले भने, ‘अब सहकारीले खाद्य सुरक्षामा जोड दिनुपर्छ । खान नपाए बर्बाद भइन्छ । लुगा त एकदुई वर्ष धान्छ ।’

त्यस्तै कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले सहकारीको ऋणतिर्न पर्दैन भन्दै अफवाह फैलाउनेहरुलाई कानुनी कठाघरामा ल्याईने बताएका छन् । सहकारी ऐन नियममा भएका व्यवस्थाहरुलाई कार्यान्वयन गरी सहकारीलाई व्यवस्थित गर्न विभाग तयार रहेको प्रतिवद्धता जनाए । सहकारी खतराको डिलमा नपरेको भन्दै विश्वासलाई डग्मगाउन नदिनका लागि सहकारी अभियान्ताहरुलाई सचेत भएर लाग्नआग्रह गरे ।