साम्पाङले गरे धरान पहिलेको जस्तो लुते नगर नरहने दाबी
काठमाडौं— धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब धरान पहिलेको जस्तो लुते नगर नरहने दाबी गरेका छन् ।
उपमहानगरले आजै किनेको नयाँ ट्रिपर चढ्दै मेयर साम्पाङले लेखेका छन्, ‘धरान उपमहानगरपालिका सेवा सुविधा सम्पन्न बन्नु पर्छ भन्ना खातिर एक जोर टृपर किनियो आज २०७९/१२/२६, अब पहिले जस्तो लुते नगर रहनेछैन हाम्रो नगर! जय धरान!’ नगरको विकासमा समुदाय आफैं लाग्नुपर्ने अवधारणालाई व्यवहारिक रुपमा प्रयास गर्दै आएका साम्पाङले धरानमा ढुंगा, गिटी जस्ता खानीजन्य सामग्रीहरु पनि नगर आफैंले उत्खनन गर्नुपर्ने बताउँदै आएका छन् । त्यति मात्र होइन वृक्षारोपण तथा धरान बजारमा पानी ल्याउन पनि श्रमदान तथा समुदायको प्रत्यक्ष संलग्न हुनुपर्ने बताउँदै आएका छन् ।