माओवादीका मन्त्रीहरुको एकपछि अर्को महत्वपुर्ण काम, सुराकी भत्ता कटौतीदेखि पर्यटन दूत नियुक्ति खारेजसम्म
काठमाडौं – नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेकाहरुले एकपछि अर्को गर्दै महत्वपुर्ण निर्णयहरु गरिरहेका छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह सचिव र आफ्नो सुराकी खर्च कटौती गर्ने निर्णय गरेको केहिदिन बित्न नपाउदै माओवादीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किरातीले अर्को महत्वपुर्ण निर्णय गर्दै राज्य,को ढुकुटी जोगाएका छन्। किरातीले मन्त्रालयले यसअघि नियुक्त भएका सबै पर्यटन सद्भावना दूतको नियुक्ति खारेज गरेर राज्यको ढुकुटी जोगाउने महत्वपुर्ण निर्णय गरेका हुन् ।
पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९ स्वीकृति गर्दै प्रक्रिया पुरा गर्ने गरी पुनः नियुक्त हुन सक्ने निर्णय गरेतापनी केही समय भएपनी राज्यको ढुकुटी जोगिएको छ।
कार्यविधि नबन्दै अघिल्लो सरकारले दुई दर्जन स्थानमा पर्यटन सद्भावना दूत तोकेको थियो । यस्ता सद्भावना दूतहरु अवैतनिक हुने गर्छन् । तर, सरकारी नियुक्तिको लाभमा आफ्नो प्रतिष्ठा र व्यवसाय विस्तारमा धेरैजसो व्यक्ति सक्रिय हुने गरेको देखिन्छ । जसमा नेता र पार्टी निकटका व्यक्तिहरुलाई नियुक्तिमा प्राथमिकता दिने प्रचलन रहेको छ । अब भने मन्त्रालयले ‘सद्भावना दूत’ भन्ने स्थानमा ‘पर्यटन प्रवर्द्धक’ भन्ने शब्द राख्ने गरी कार्यविधि बनाएको छ ।