‘युवा मार्च तथा जनभेटघाट’ अभियान तिब्र पार्दै नेकपा कपिलबस्तु
कपिलबस्तु – नेपाल कम्युनिस्ट पार्टी कपिलबस्तु पश्चिमले युवा मार्च तथा जनभेटघाट अभियानलाई तिब्रता दिएको छ । नेकपाले जिल्लाका विभिन्न पालिकाहरुमा कोषसभा गर्ने, भित्तेलेखन गर्ने, संगठन विस्तार गर्ने लगायतका गतिविधिलाई तिब्रता दिएको हो ।
पार्टीले तिरपाल नगर, जग्दिशपुर, रुद्रपुर, बहादुरगञ्ज, कृष्णनगर, झिंगापुर लगायतका क्षेत्रमा कोणसभा, भित्तेलेखन तथा संगठन विस्तार गरेको छ । अभियानमा नेकपा पोलिटब्युरो सदस्य तथा पश्चिम लुम्बिनी इन्चार्ज इन्चार्ज संजिव सीसहितको टिम खटिएको छ ।
कृष्णनगरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै सन्जिवले दलाल पुँजीवादी सत्ताले जनताको शासन कायम नसक्ने बताए । जनताको शासन ल्याउन संघर्षरत रहेको भन्दै उनले वैज्ञानिक समाजवादमा जनताको बास्तविक सत्ता स्थापना हुने उनको भनाई थियो ।
अभियानमा पश्चिम् लुम्बिनी ब्युरोका कलाकारको बेजोड प्रस्तुती हुने गरेको छ । नेकपाले पार्टी स्थापना दिनव भव्य रुपले मनाउनेगरी तयारी गरिरहेको छ ।