बाहिर रूख रुख भन्दै भोट दायाँबायाँ गर्नुभयो भने दैव छन् ठूलो पाप लाग्छ: गगन थापा
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ–१ का कार्यकर्ताले उम्मेदवार गोविन्द भट्टराईलाई मत नदिएर दायाँबायाँ गरे पाप लाग्ने बताएका छन्।
दमौलीमा मंगलबार आयोजित चुनावी सभा सम्बोधनका क्रममा उनले उम्मेदवार भट्टराईलाई मत नदिने कार्यकर्तालाई ठूलो पाप लाग्ने बताएका हुन्।
‘ब्यासको भूमि हो यो। ब्यासको यो पवित्र भूमिमा बीपी कोइरालाले बनाएको पार्टीसँग सम्बन्ध राख्ने मान्छेले यो पटकको निर्वाचनमा गोविन्द भट्टराईलाई छुटाउनु भयो भने ठूलो पाप लाग्छ थापाले भने, ‘यसको रिसले, त्यसको रिसले म हाल्दैन भन्नुभयो भने, म नयाँ रोज्छु, यो रोज्छु, त्यो रोज्छु भन्नुभयो भने अन्यथा नलिनुहोला पाप लाग्छ। दैव छन् पाप लाग्छ।’
उनले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूसँग उठेको रिस उम्मेदवार भट्टराई माथि नपोख्न पनि आग्रह गरे