मतदाताको मन र मत दुवै विगतको जस्तो छैनः डा. वाग्ले

आइतबार, १० बैशाख २०८०

काठमाडौं— राष्ट्रिय स्वतन्त्रत पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले यसपालि तनहुँ क्षेत्र नं. १ का मतदाताको मन र मत दुवै विगतको जस्तो नभएको बताएका छन् ।

उपनिर्वाचनको मतदानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा वाग्लेले सो कुरा बताएका हुन् । नेपाली कांग्रेस त्यागेर रास्वपाबाट उम्मेदवार बनेका वाग्लेले परिस्थिति विगतको जस्तो नभएको बताउँदै भने, ‘परम्परागत मतहरुलाई र विचारहरुलाई परिवर्तन गराएको मैले पाएको छु र सूचना प्रविधिको पहुँचले ५०–६० नाघेकाहरुको पनि मन र मत दुवै फेरिनेवाला छ यसपालि ।’

गत मंसिर ४ को निर्वाचनमा तनहुँ १ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनमा रास्वपाका डा। वाग्लेसँगै नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र लगायत उम्मेदवार छन् ।