विप्लवमाथिको प्रतिबन्ध हटाउन कतार मोर्चाको आग्रह
चैत्र ४ काठमाडौँ – नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको प्रबास संगठन नेपाली जनप्रगतिशिल मोर्चा कतारले सरकारद्वारा पार्टीमाथि गरेको राजनीतिक प्रतिबन्धको बिरोध जनाएको छ ।
प्रतिबन्धले राजनीति रोक्न नसकिने बताउदै, राजनीति गर्न पाउने हरेक नागरिकको नैसर्गिक अधिकार हनन गरेको मोर्चाले बताएको छ । मोर्चाले नेपालमा गरिएको प्रहरी अप्रेशन, दमन, धरपकड, यातना र गिरफ्तार गरी सरकारले एकतर्फी युद्धको घोषणा गरेको बताएको छ । सरकार क्रान्तिकारी शक्तिलाई दबाउदै राज्यको कर छली र अपचलन गर्ने, कालोबजारी, मानव तस्कर, सिन्डिकेट माफियाको पक्षमा वकालत गरेको उसका गतिविधिले प्रमाणीत गरेका छन् विज्ञप्तिमा भनिएको छ ।
