रास्वपा संसदीय दलको सचेतकमा निशा डाँगी चयन
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको सचेतकमा निशा डाँगी चयन गरेको छ ।
पार्टीका प्रमुख सचेतक सन्तोष परियारले रास्वपाको संसदीय दलको आज बसेको बैठकले सांसद डाँगीलाई सचेतक चयन गरेको उक्त जानकारी दिए । “हाम्रो पार्टीमा प्रमुख सचेतकका रुपमा म कार्यरत छु”, उनले भने, “निशा डाँगीलाई आज सचेतक बनाउने निर्णय गरेका छौँ ।” बैठकले सभापति रवि लामिछानेलाई पुनः संसदीय दलको नेता चयन गरेको छ । नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेले सांसद पद गुमेको थियो ।