पक्राउ पुर्जी जारी भएपछि टोप बाहादुर रायमाझीले मुख खोले
काठमाडौं— नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।
पक्राउ पुर्जी जारी भएपछि बुधवार अर्घाखाँचीको सन्धिखर्कमा पत्रकारहरुसँग बोल्दै उनले भने, ‘नक्कली शरणार्थी प्रकरणबारेमा मलाई त्यति थाहा छैन। यो कुरा सुनेर मलाई पनि आश्चर्य लागेको छ ।’ रायमाझीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर लैजाने विषयमा आफ्नो कुनै किसिमको संलग्नता नभएको दाबी गरेका छन् । बरु आफू मन्त्री भएका बेला भुटानी शरणार्थी समस्या समाधानमा पहल गरेको उनले बताए। ‘भुटानी शरणार्थी समस्या समाधानमा हामीले काम गरेका थियौँ। सरकारमा हुँदा हामीले तीनवटा निर्णय गरेका थियौँ । भुटानी शरणार्थीहरूलाई दीर्घकालीन समस्या हल गर्ज रोजगारी सिर्जनाको प्रयत्न गर्ने कुरा भएको थियो,’ उनले भने ।