सरकारमा जाने नजानेबारे अन्तिम निर्णय गर्न रास्वपाको बैठक जारि
काठमाडौं – सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा अन्तिम निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक जारि छ ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक साँझ ५ बजे बस्ने भनिए पनि एक घण्टा ढिला गरी बैठक सुरू भएको हो । बैठकमा तनहुँ(१ बाट निर्वाचित सांसद स्वर्णिम वाग्ले पनि उपस्थित भएका छन् । गत सोमबार यसै एजेन्डामा छलफल गर्न बैठक डाकिए पनि उनी अनुपस्थित थिए ।
नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । तर उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । उपचुनाव सकिएलगत्तै सभापति रवि लामिछाने र सांसद वाग्लेले स्थिरताका नाममा अक्षम सरकारलाई बोकिराख्ने छुट नहुने दाबी गरेका थिए ।