संसदीय समितिलाई कर्मकाण्डी मात्र बनाइनु हुन्न: लामिछाने

मंगलबार, २ जेष्ठ २०८०

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी मात्र बनाउन नहुने बताएका छन् ।

मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिले निष्कर्ष निकालेर विषयहरुलाई तोडमोड गर्न नहुने भन्दै संसदीय समितिलाई कर्मकाण्डी मात्र बनाउन नहुने बताएका हुन्  ।

उनले समितिलाई प्रभावकारी बनाएर जानुपर्ने बताए । लामिछानेले समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्ने बारेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताएका  थिए ।’

‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले भनिसकेको छ । तर संसदीय समितिले त्यत्रो प्रमाण जुटाएर, छलफल गरेर कुनै विषयमा निष्कर्ष निकालेर दिएको निर्देशन फासफुस हुने हो भने समिति कर्मकाण्डी हुन्छन्, समिति कर्मकाण्डी हुन भएन’, उनले भने, ‘कसैलाई फसाउँन गरिएको निर्णय हो भने विरोध गरौँ नत्र भने लागू गरौँ ।’

सांसद लामिछानेले समितिमा बोल्नका लागि सदस्यको समय छुट्याउन आवश्यक रहेको बताए ।’