नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक आजबाट प्रारम्भ
काठमाडौं— नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक आजबाट प्रारम्भ भएको छ। नेपाल कम्युनिस्ट पार्टीको कार्यालय बुद्दनगरमा महासचिव विप्लवको अध्यक्षतामा स्थायी समिति बैठक प्रारम्भ भएको हो।
पार्टीको नवौं महाधिवेशनले ६ सदस्यीय स्थायी समिति निर्वाचित गरेको थियो भने केहि समय अघि नेकपा माओवादी समाजवादीसङ्ग पार्टी एकता भएपछि हाल कर्णजीत बुढाथोकी सहित ७ सदस्यीय स्थायी समिति बनेको छ। महासचिव विप्लवद्वारा प्रस्तुत क्रान्तिकारी बिचको एकतालाई अगाडि बढाऊ, एकीकृत जनक्रान्तिलाई सुदृढ गरौँ शीर्षकको १० पृष्ठ लामो दस्तावेज माथि छलफल भईरहेको स्थायी समिति सदस्य अनिल सी ले बताए।
स्थायी समिति बैठकमा अब छिट्टै बस्न लागेको पार्टीको पोलिटब्युरो र केन्द्रिय समितिको पुर्ण बैठकको गृहकार्य गर्ने ,देशको पछिल्लो समसामयिक तथा विकसित घटनाक्रमबारे पार्टी दृष्टिकोण तयगर्ने र मुलुकको संकटपुर्ण स्थितिलाई निकास दिन कम्युनिस्टआन्दोलनलाई एकताबद्ध र ध्रुवीकरण गर्नका लागि सम्वाद समिति बनाउनेबारे छलफल भईरहेको बुझिएको छ।