कांग्रेसकै कारण व्यवस्था नमान्ने माओवादी मुलधारको राजनीतिमा आएः रामहरी खतिवडा
काठमाडौंं— सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले कांग्रेसकै कारण व्यवस्था नमान्ने माओवादी मुलधारको राजनीतिमा आएको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् । “हाम्रो पार्टीको पनि चिन्ता गरेको सुने,” उनले भने, “कांग्रेस क्षयीकरण भएको कांग्रेस कमजोर भएको कांग्रेसले नीति नलिएको १ आज जुन पार्टीको सिद्धान्तले हिजोसम्म व्यवस्थालाई विश्वास नगर्ने साथीहरू यही व्यवस्थामा चुनाव लडेर आज प्रधानमन्त्री र मन्त्री हुनुभयो ।” प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले जनयुद्ध शव्दलाई मान्यता दिए नेपाली कांग्रेसको इतिहास नामेट हुन सक्ने चेतावनी दिएका थिए ।