नेपाल लाइफले गर्यो पाँच दिन मै दावी भुक्तानी

सोमबार, १५ जेष्ठ २०८०

काठमाडौं – नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजारको दावी भुक्तानी गरेको छ । नेपाल लाइफले टीकापुर न.पा वडा नम्बर १, कैलाली घर भएका बीमित स्वर्गिय नर बहादुर साउदको परिवारलाई ६४ लाख २५ हजार रुपैयाँ को दावी भुक्तानी गरेको हो ।

यही वैशाख १६ गते क्यान्सरका कारण साउदको असामायिक निधन भएको थियो । टीकापुरमा आयोजित एक कार्यक्रमबीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रू ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गरेका थिए ।

आफ्नो जीवनकालमा स्वः नर बहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स क.लि टीकापुर शाखा कार्यालयबाट मिती २०७५ साल भदै १३ गते .५० लाख रुपैयाँको जीवन बीमा गरेका थिए । कम्पनीले बीमाङ्क बापतको ५० लाख र बोनस बापत १४ लाख २५ हजार गरि ६४ लाख २५ हजार रुपैयाँ प्रदान गरिएको हो ।

कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको हो । दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।