महोत्तरी शाखामा चोरी भएको एनएमबि बैंकद्वारा स्वीकार
काठमाडौं – एनएमबि बैंक लिमिटेडले महोत्तरी जिल्लामा रहेको एउटा शाखा कार्यालयमा चोरी भएको स्वीकार गरेको छ । आपतकालिन प्रेस वक्तव्य जारी गर्दै बैंकले दिउसो १२ बजेर २५ मिनेटमा ३–४ जनाको समूहले चोरी गरेको बैंकले स्वीकारेको हो ।
महोत्तरी जिल्लाको नेपाल भारत सिमाना नजिक रहेको महोत्तरी गाउँपालिका स्थित एनएमबि बैंकको शाखामा अपरिचित बन्धुक धारी ब्यक्तीहरुले कार्यालयमा प्रवेश गरी नगद लुटिएको जनाएको छ । उक्त घटनामा संलग्न ब्यक्तीहरुलाई आवश्यक कानूनी कारबाही गर्नको लागि हाल बैंकद्धारा सम्बन्धित निकायमा अनुरोध भैसकेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सो घटनामा कसैलाई पनि चोटपटक नलागेको बैंकले जनाएको छ । बैंकले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ । यसअघि बैंकबाट करिब ३८ लाख रुपैयाँ लुटिएको समाचार सार्वजनिक भएको थियो । तर बैंकले कति रकम लुटिएको हो खुलाएको छैन ।