थोरै लगानी गर्नेले पनि सेयर बजारबाट कमाउने वातावरण बनाउनुपर्छः अर्थमन्त्री

बिहिबार, २५ जेष्ठ २०८०

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले थोरै लगानी गर्नेले पनि सेयर बजारबाट कमाउने वातावरण बनाउनु पर्ने बताएका छन् । बिहीबार नेपाल धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रम सो कुरा बताएका हुन् ।

उनले ५६ लाख डिम्याट होल्डरलाई देखाएर सीमित समूहले फाइदा लिने गरेको भन्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिए । सेयर बजारमा खेल्ने समूहले करको कुरा उठाएर फाइदा लिएको उनको भनाइ छ । त्यस समूहले बजारमा सेयरका विषयमा भ्रम सिर्जना गरेको र यो हुन नदिन आफू दृढ रहेको पनि उनले बताए । बजेटमा आफ्नो स्वार्थ नपरेकाले अहिले कतिपय असन्तुष्ट रहेको उनको टिप्पणी छ । बजेटले व्यवसायीलाई मर्कामा नपारेको जिकिर उनले गरे ।