कांग्रेसका उपसभापति पूर्णबहादुरले पाए कार्यवाहक सभापतिको जिम्मेवारी

बुधबार, ३१ जेष्ठ २०८०

काठमाडौं— नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकाले उनको अनुपस्थितिमा नै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइयो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवाले आफू स्वदेश नफर्कुन्जेलसम्म पार्टी विधानको व्यवस्था बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको जानकारी दिए । सभापति देउवा फलोअपका लागि पत्नी आरजुसहित गएराति सिंगापुर गएका हुन् । उनी एकसातापछि स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।