प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीमाथि छलफल थालियो
काठमाडौं— प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धका उजुरीमाथि छलफल थालिएको छ । प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा उजुरीमाथि छलफल गरिँदै छ ।
समितिका ज्येष्ठ सदस्य एवं सभापति पशुपतिशमशेर जबराले काकीविरुद्ध उजुरी गर्नेमध्ये २३ जना सम्पर्कमा आएको जानकारी दिए । गम्भीर प्रकृतिका उजुरीमा मात्र प्राथमिकता दिएर छलफल गर्ने निर्णय गरिएको उनले बताए । उनका अनुसार प्रत्येक उजुरीकर्तालाई १० मिनेटको समय उपलब्ध गराइनेछ । “गम्भीर प्रकृतिका उजुरी मात्र प्राथमिकता दिएर छलफल गर्ने, सामान्य उजुरीका लागि छलफल कम गर्ने,” उनले भने, “प्रत्येक उजुरीकर्तालाई १० मिनेटको समय उपलब्ध गराइनेछ ।”
उजुरीकर्तालाई समितिको बैठकमा बोलाएर छलफल गर्न लागिएको हो । उनीहरूका उजुरीमाथि सुनुवाइ सकिएपछि भोलि प्रस्तावित प्रधानन्यायायाधीश कार्कीलाई समितिमा बोलाएर सुनवाइ गर्ने तालिका तय गरिएको छ । संसदीय सुनुवाइ गरेर कार्कीलाई अनुमोदन गर्ने तयारी छ ।