मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत

बिहिबार, ३२ जेष्ठ २०८०

काठमाडौं— सरकारले मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव वैरागीले दिएको राजीनामा स्वीकृत गरेको हो ।

परराष्ट्र मन्त्री एनपी साउदले सरकारले वैरागीलाई नयाँ जिम्मेवारी स्वरुप राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरिएको जानकारी दिए ।