केन्द्र, प्रदेश हुँदै स्थानीय तहसम्म पुगेर नीतिगत भ्रष्टाचार भयावह बन्दै छः विराजभक्त श्रेष्ठ

बिहिबार, ३२ जेष्ठ २०८०

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले केन्द्र, प्रदेश हुँदै स्थानीय तहसम्म पुगेर नीतिगत भ्रष्टाचार भयावह बन्दै गइरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘संघीयताको अधिकार गाउँ गाउँमा भन्ने आकर्षक नारासँगै नीतिगत भ्रष्टाचार पनि गाउँ गाउँमा फैलिसकेको छ। यसलाई प्रभावकारी ढंगले नियन्त्रण नगर्ने हो भने संघीयताको औचित्य नै समाप्त पार्न सक्छ।’ अख्तियारले पनि नीतिगत भ्रष्टाचारमाथि छानबिन नगर्नु शंकास्पद भएको बताए।