राष्ट्रपति पौडेलको मुटुमा राखियो पेसमेकर
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल कम भएपछि पेसमेकर राखिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो ।
राष्ट्रपति पौडेललाई ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि प्रेसमेकर राखिएको सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको थियो ।