नेकपा एसका उपाध्यक्ष पाण्डेले दिए प्रधानमन्त्रीलाई सचिवालय भंग गर्न सुझाव
काठमाडौं— नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सचिवालय भंग गर्न सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले फ्रस्टेटेड सचिवहरुको अखडा प्रधानमन्त्रीको सचिवालय भएकाले काम नलाग्ने बताए । उनले असन्तुलित भएकै कारणले सरकारले ल्याएको बजेट यथास्थितिमा पारित गर्न नसक्ने प्रधानमन्त्रीलाई चेतावनी पनि दिए ।