नेपाल कम्युनिस्ट पार्टी कुमाख गाउँपालिकाको दोस्रो भेला सम्पन्न
सल्यान – ‘जनताको सुखदुःखको साथी नेपाल कम्युनिस्ट पार्टी’ भन्ने मुल नाराका साथ सल्यानमा जारि जनएकता अभियान २०८० अन्तरगत नेपाल कम्युनिस्ट पार्टी सल्यानको कुमाख गाउँपालिकामा दोस्रो भेला सम्पन्न भएको छ।
कुमाख गाउँपालिका पार्टीको दोर्सो भेलाले कमरेड अनिल सीको नेतृत्वमा १५ सदस्यीय गाउँपालिका पार्टी कमिटी निर्वाचित गरेको छ। गाउँपालिकाको केन्द्र रागेचौरमा सम्पन्न भएको पार्टीको सो भेलाले ५ सदस्यीय पार्टीको गाउँपालिका सल्लाहकार कमिटी समेत निर्वाचित गरेको छ।
कुमाख गाउँपालिका पार्टीको दोर्सो भेलाको उदघाटन गर्दै प्रमुख अतिथिको रुपमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमरेड अनिल सीले देशको माटो सुहाउँदो वैज्ञानिक समाजवादी राजनीतिक व्यवस्था नेपालमा अनिवार्य भएको बताए।
त्यस्तै पार्टीको भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य कमरेड भीम सीले नेपाली जनताको सुखदुःख बोल्ने पार्टी नेपालमा नेपाल कम्युनिस्ट पार्टी मात्रै भएको बताएका छन् ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला सचिव कमरेड मदन सीले नेपाल र नेपाली जनताको मुख्य समस्या भनेको दलाल पुँजिवादी संसदीय व्यवस्था भएको हुनाले यसको सट्टामा देशमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए ।
सो भेलालाई युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य कमरेड प्रकाश सी, पार्टीका जिल्ला सदस्य तथा गाउँपालिका इन्चार्ज कमरेड गणेश सी, अखिल(क्रान्तिकारी) का सल्यान जिल्ला अध्यक्ष कमरेड दीपक सी, युवा संगठन नेपाल शारदा नगर कमिटी अध्यक्ष कमरेड रोदिन सीले शुभकामना दिएका थिए ।
भेलाबाट निर्वाचित हुनुहुने अन्य सदस्यहरुमा कमरेड गोकर्ण सी, कमरेड थलबहादुर सी, कमरेड कमला सी, कमरेड कमला सी ,कमरेड रेशम सी, कमरेड बिनोद सी,कमरेड शुकलाल सी, कमरेड तिलक सी,कमरेड दिलिप सी र कमरेड मदन सी रहेका छन् ।
कमिटीमा चारजना सदस्य पछि थपिने बताइएको छ। पार्टीको सो भेला पार्टीका जिल्ला सल्लाहकार तथा दोस्रो भेला आयोजक समितिका संयोजक कमरेड जीतेन्द्र सीको अध्यक्षता र कमरेड अनिल सीको संचालनमा सम्पन्न भएको थियोे ।