नेपाली राजनीति विवादस्पद र अस्थिर बन्नुमा प्रचण्डको धुत्र्यांइ छः शंकर पोखरेल

बुधबार, २० असार २०८०

काठमाडौं— नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली राजनीति विवादस्पद र अस्थिर बन्नुमा प्रचण्डको धुत्र्यांइ रहेको टिप्पणी गरेका छन् । उनले प्रचण्ड सत्ता र शक्तिका लागि जे पनि गर्न सक्छन् भन्ने कुरामा पटक पटकका घट्नाक्रमहरु साक्षी रहेको पनि दाबी गरे ।

हालै प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउको लागि प्रितम सिंह दिल्लीसमेत गएको भनेर दिएको अभिव्यक्तिलाई लिएर पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । उनले दाहालको उक्त अभिव्यक्ति हदैसम्मको नकचरोपनको परीणाम भएको उल्लेख गरे ।