महन्थ ठाकुरद्वारा प्रधानमन्त्री पत्नीको निधनप्रति दुःख व्यक्त
काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री प्रचण्डका श्रीमती सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका हुन् ।
अध्यक्ष ठाकुरले दाहालको ६९ वर्षको उमेरमा भएको असामयिक निधनले आफू मर्मात र दुःखी भएको बताएका छन् । उनले व्यक्तिगत र लोसपा नेपालको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै मृतकको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवाजनप्रति समवेदना समेत व्यक्त गरेका छन् । सीता दाहालको आज विहान निधन भएको थियो । निधनपछि उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।