आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न सरकारलाई आग्रह

आइतबार, ३१ असार २०८०

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् । उनले सहकारीको नियमन गर्न शक्तिशाली संस्था आवश्यक भएको बताए।

आन्दोलनमा हस्तक्षेप गर्न नहुने उल्लेख गर्दै महामन्त्री शर्माले भने, ‘केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका छन् । सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने हो ।’