अब समाजको प्रत्यक्ष नेतृत्व सचेत र क्रान्तिकारी युवाले गर्नुपर्छ : नेता सञ्जिव सी
प्यूठान् – नेपाल कम्यूनिस्ट पार्टीका पोलिट व्यूरो सदस्य तथा पस्चिम लुम्विनी व्यूरो इन्चार्ज सञ्जिव सीले समाजका प्राय युवाहरु लागुऔषध दुव्र्यसनीको शिकार भईरहेको वर्तमान अवस्थामा अब समाजको प्रत्यक्ष नेतृत्व सचेत र क्रान्तिकारी युवाहरुले गर्नुपर्ने बताएका छन् । पार्टी कामको सिलसिलामा संमयोगवस प्यूठान पुगेका उनले नेकपा माण्डवी गा.पा. वडा नं.१ ले आयोजना गरेको वडा स्तरिय युवा प्रशिक्षण कार्यक्रममा यस्तो बिचार व्यक्त गरेका हुन् ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्यूठान इन्चार्ज जागृति सीले नेपालमा संसदिय व्यवस्था असफल भैसकेको हुदाँ अबको एकमात्र विकल्प भनेकै एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी व्यवस्था भएकोले समाजवादको पक्षमा व्यापक युवाजागरण पैदा गर्नुपर्ने बताए ।
कार्यक्रममा जनपत्रकार संगठन नेपाल लुम्विनी प्रदेश संयोजक राजेन्द्र रावत क्षेत्री, नेकपा प्यूठान्का सचिवालय सदस्य, माण्डवी गाँउ कमिटी इन्चार्ज तथा माण्डवी गा.पा.वडा नं. १ का वडा अध्यक्ष बाम बहादुर बुढा मगर, यूवा संगठन नेपालका केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज बिरवल सी, जिल्ला संयोजक मुक्ति सी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमले केशर खत्रीको इन्चार्जसिप र शुवास के.सी.सेक्रेटरी रहेको युवा संगठन नेपाल माण्डवी १ नं. वडा कमिटी निर्माण गरेको छ ।

smart