प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित
काठमाडौं— प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ ।
बिहीबारको बैठकमा नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको हो । सुन तस्करी काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको भन्दै एमालेले उनको राजीनामा मागेको छ । साथै, एमालेले उच्चस्तरीय संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने बताएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा