माओवादी पार्टी पार्टीजस्तो हुन सकेनः प्रचण्ड

बुधबार, १७ साउन २०८०

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी पार्टी पार्टीजस्तो हुन नसकेको बताएका छन् ।

बुधबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले पार्टी पार्टी जस्तो नभएकाले सुदृढीकरणको आवश्यकता औँल्याए। यो केन्द्रीय समिति बैठक पार्टीलाई व्यवस्थित बनाउने विषयमा केन्द्रीत हुने प्रचण्डको भनाइ छ ।