इपिजीमा भएको विषयबारे जनताले जानकारी पाउनु लोकतान्त्रिक अधिकार होः राजन भट्टराई
काठमाडौं— एमालेका विदेश विभाग प्रमुख एवं इपिजीका सदस्य राजन भट्टराईले इपिजीमा भएको विषयबारे जनताले जानकारी पाउनु लोकतान्त्रिक अधिकार भएको बताएका छन् ।
उनले भारतले इपिजी प्रतिवेदन नबुझ्नु गम्भीर विषय रहेको बताउँदै इपिजी प्रतिवेदनको बारेमा दुवै देश एक ठाउँमा नउभिए अरु कुन कुरामा उठ्ने भन्दै प्रश्न समेत गरे । दुवै देशको हितमा प्रतिवेदन तयार भएको बताउँदै उनले त्यसलाई कार्यान्वयनमा ल्याउन दुवै देश एकजुट हुनुपर्ने धारणा राखे ।
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘इपिजीमा भएको विषयबारे जनताले जानकारी पाउनु लोकतान्त्रिक अधिकार हो, त्यसलाई जनतामा कसरी लैजाने त्यसको बारेमा छलफल गर्नुपर्ने आवश्यकता छ ।’