बुधबार सार्वजनिक बिदा
काठमाडौँ – कोशी प्रदेश सरकारले भोली बुधबार सार्वजनिक बिदा दिने भएको छ। विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने भएको हो ।
अगष्ट ९ लाई अन्तरराष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर बिदा दिएको प्रदेश सरकारले बताएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरेरै बिदाको जानकारी दिएको हो। प्रदेश सरकारले दिएको बिदा संघीय सरकार मातहतका निकायमा पनि लागू हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको हो ।