कांग्रेस नेता थापाले शुरु गरे अमेरिकामा अध्ययन

बिहिबार, १४ चैत्र २०७५

चैत्र १४ काठमाडौं– छोटो अवधिको अध्ययनका लागि छात्रवृत्तिमा अमेरिका पुगेका काँग्रेस युवा नेता तथा सांसद गगन थापाले अध्ययन शुरु गरेका छन् ।

२१ औँ सताब्दीको ग्लोबल लिडरसिप एण्ड पोलीसी विषयमा २ साताको छात्रवृत्तिमा अमेरिका पुगेका उनले हार्वर्ड केनेडी स्कूलमा अध्ययन शुरु गरेका हुन् ।

थापाले आफ्नो फेसबुक पेजमा पहिलो दिनको पढाई शुरु भएको जानकारीसहितको फोटो शेयर गरेका छन् । उनले आफू उत्साहित भएको समेत बताएका छन् ।